Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

आरजुको विश्वास : नेपालमा चाँडै पहिलो महिला प्रधानमन्त्री देख्न पाइनेछ

आरजुको विश्वास : नेपालमा चाँडै पहिलो महिला प्रधानमन्त्री देख्न पाइनेछ

नेपाल पाना पौष २ २०७८
  • 17.4K
    SHARES
  • आरजुको विश्वास :  नेपालमा चाँडै पहिलो महिला प्रधानमन्त्री देख्न पाइनेछ

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले नेपालमा महिला प्रधानमन्त्री बन्ने अवस्था चाँडै आउने विश्वास व्यक्त गरेकी छन् ।

    राष्ट्रपति सभामुख प्रधानन्यायाधीश महिला भइसकेको भन्दै अब स्वभाविक रुपमा प्रधानमन्त्री पनि महिला बन्ने दिन धेरै टाढा नभएको बताइन् ।

    'म आफैं ह्युमन बिहेभियर साइकोलोजिस्ट हुँ । हाम्रो जस्तो पितृसत्तात्मक सोच हाबी भएको देशमा महिलालाई चाँडै प्रधानमन्त्री बनाउने माहोल बन्ला जस्तो लाग्दैन । पुरुषहरुलाई गाह्रो लाग्छ नै, महिलाहरुलाई पनि गाह्रो लाग्छ । तर महिलाले देशको नेतृत्व गर्न नसक्ने होइन,' उनले थपिन्, 'रोल्पामा जन्मनुभएकी ओनसरी घर्तीले सभामुख चलाएर देखाउनुभयो । उहाँ एसएलसी पनि पछि मात्र पास गर्नुभएको हो । संविधानले बाध्यो भने नेपालमा चाँडै महिला प्रधानमन्त्री होलान् नत्र गाह्रै छ ।'

    शेरबहादुर देउवाकी पत्नी भएकाले राजनीति गर्न गाह्रो भएको छैन भन्ने अर्को प्रश्नमा उनले भनिन्, 'राजनीति शेरबहादुरजीको ‘वन्ली गोल’ हो । म श्रीमती हुँ, आमा हुँ, बज्यै हुनेछु, सामाजिक कार्यकर्ता पनि हुँ, सामाजिक नेटवर्क छ ।

    तर देउवाको राजनीतिबाहेक अरु लाइफ छैन । मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ ।'

    पौष २, २०७८ शुक्रवार ०८:३०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. आरजु राणा देउवा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend