Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

पाकिस्तानमा पीटीआईका नेताको गोली हानी हत्या

पाकिस्तानमा पीटीआईका नेताको गोली हानी हत्या

नेपाल पाना पौष ३ २०७८
  • 4.8K
    SHARES
  • पाकिस्तानमा पीटीआईका नेताको गोली हानी हत्या

    इस्लामावाद । पाकिस्तानको सत्तारुढ पाकिस्तान तेहरिक इ इस्साफ (पीटीआई) का एक नेताको गोली हानी हत्या गरिएको छ।

    गत शनिबार पाकिस्तनको सिन्ध प्रान्तमा अज्ञात समूहले पीटीआईका नेता राना सखौतको गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। सिन्त्र प्रान्तको कमार जिल्लामा उनको राइस मिलभित्र उनको हत्या गरिएको पाइएको हो।

    उनलाई गोली लाग्नेबित्तिकै अस्पताल लगिएको भए पनि उनलाई बचाउन नसकिएको जनाइएको छ। उनी सत्तारुढ पीटीआईको राइस मिल एसोसियसनका अध्यक्षसमेत थिए।

    सिन्ध प्रान्तका विपक्षी दलका नेता हलिम अदिन शेखले उनको हत्याप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन्। उनले सखौतको परिवारप्रति समवेदन समेत प्रकट गरेका छन्। उनले प्रहरीले यस घटनाको अनुसन्धान गर्न ढिलाइ गरेकोप्रति आक्रोशसमेत व्यक्त गरेका छन्। उनले प्रहरीले कानुनको चरम उल्लंघन गर्नेलाई कारबाही गर्न ढिला गर्नु थप कानुन उल्लंघन गर्नुसरह भएकोसमेत बताएका छन्।

    प्रहरीलाई तत्काल हत्यारा पत्ता लगाएर कारबाही गर्नसमेत माग गरेका छन्। प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको र चाँडै दोषीलाई पत्ता लगाएर कारबाही गर्ने बताएका छन्। यसअघि सिन्ध प्रान्तमै एक ११ वर्षीया बालिकाको पनि बलात्कारपछि हत्या गरिएको अवस्थमा शव फेला परेको थियो। यस घटनाका दोषीलाई पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीयले सरकारको आलोचना गरेका छन्।

    पौष ३, २०७८ शनिवार ०७:५६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend