काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध, एमसीसीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक आह्वान गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।