Logo

सोमवार, जेठ ९ गते २०७९

images

गौतम बुद्ध र पोखरा विमानस्थल बनाइरहेका चिनियाँ कम्पनी एडीबीको कालो सुचीमा, थप निर्माण कार्य गर्न नपाउने

गौतम बुद्ध र पोखरा विमानस्थल बनाइरहेका चिनियाँ कम्पनी एडीबीको कालो सुचीमा, थप निर्माण कार्य गर्न नपाउने

नेपालपाना पौष ६ २०७८
  • 5.9K
    SHARES
  • गौतम बुद्ध र पोखरा विमानस्थल बनाइरहेका चिनियाँ कम्पनी एडीबीको कालो सुचीमा, थप निर्माण कार्य गर्न नपाउने

    काठमाडौं। चीनका प्रमुख निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरेकोमा एसियाली विकास बैङ्क (एडीबी) ले कालोसूचीमा राखेको छ । यससँगै ती कम्पनीलाई नेपालको प्रमुख विमानस्थलको पूर्वाधार विकास परियोजनामा ​​सहभागी हुनबाट रोक समेत लगाइएको छ ।

    चाइना सीएमसी इन्जिनियरिङ कम्पनी, नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह र चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई एडीबीले कालो सुचीमा राखेको हो । त्रिभुवन विमानस्थलको थप पूर्वाधार निर्माणका लागि १० अर्ब रुपैयाँको आयोजनामा यी कम्पनीलाई रोक लगाइने भएको हो ।

    त्रिभुवन विमानस्थलको थप पूर्वाधार निर्माणका लागि १० अर्ब रुपैयाँको आयोजनाका लागि करिब दुई दर्जन कम्पनीले बोलपत्र खरिद गरे पनि चार चिनियाँ कम्पनीले मात्रै पेस गरेका थिए । तीमध्ये दुई चाइना सीएमसी इन्जिनियरिङ कम्पनी र  नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह र चाइना हार्बर इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर कालो सुचीमा परेपछि अर्का दुई कम्पनी मात्रै विकल्पमा रहेका छन् ।

    अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चाइना सीएमसी इन्जिनियरिङ कम्पनी सन् २०२२ को अप्रिलसम्मका लागि एडीबीको कालो सुचीमा रहेको छ ।

    यस्तै गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह अनिश्चित समयका लागि कालो सुचीमा रहेको छ । यस्तै चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई एडीबीले सन् २०२३ सम्मका लागि कालो सुचीमा राखेको छ ।

    यद्यपि, अहिले नेपालमा चलिरहेका आयोजनाका हकमा यी प्रतिबन्ध लागु नहुने भएका छन् । भिभुवन विमानस्थलको थप निर्माण कार्यका लागि छानिएका अर्का दुई कम्पनी केडीएन एयरपोर्ट र चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशनको जोइन्ट चेन्चर र चीन प्रवासी इन्जिनियरिङ समूह हो ।

    छानिएकामध्ये २ कम्पनी एडीबीको कालो सुचीमा परेर विवादित भएसँगै त्रिभुवन विमानस्थलको थप निर्माण परियोजनामा ढिलाइ भएको छ ।  यो परियोजनामा एडीबीले १० अर्ब लगानी गर्दै छ ।

    सन् २०२१ को अक्टोबरबाटै सुरु हुने भनिएको योजना प्रक्रियाका विषयमा एडीबीसँग छलफल भइरहेको छ । एडीबीसँगको छलफलपछि कालो सुचीमा नपरेका दुई कम्पनीमध्ये एक छानिएर काम अघि बढ्न सक्ने बताइको छ ।

    पौष ६, २०७८ मंगलवार १२:१०:१२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend