काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक भोलि आइतबार अपराह्न चार बजे सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुनेछ । त्यसैगरी एमालेले संसदमा गरिरहेको अवरोधका विषयमा पनि निकास खोज्ने प्रयास हुने बताइएको छ ।
बैठकमा सबै पूर्वप्रधानमन्त्री र दलका अध्यक्षलाई निम्ता गरिएको छ ।