Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

१४ जहाज किनेर 'सिड्नी र लण्डन' उडान गर्दै वायुसेवा निगम

१४ जहाज किनेर 'सिड्नी र लण्डन' उडान गर्दै वायुसेवा निगम

नेपालपाना पौष ९ २०७८
  • 6.4K
    SHARES
  • १४ जहाज किनेर 'सिड्नी र लण्डन' उडान गर्दै वायुसेवा निगम

    काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । 

    महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले निगमको व्यापार बढेको हो । 

    महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेकाले निगमको व्यापार हिस्सा बढेको निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले जानकारी दिइन् ।

    “महामारीकाबेला सन् २०२० मा निगमको व्यापार हिस्सा राम्रो देखिनुमा सीमित एयरलाइन्सले उडान सञ्चालन गरेर हो । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको थियो”, निगमले कोभिड महामारीपूर्व सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ १७.८० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो । त्यस्तै सन् २०१८ मा ११.३ र सन् २०१७ मा ९.७० प्रतिशत व्यापार गरेको थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७.९० प्रतिशत रहेकामा सन् २०१६ मा १०.९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।

    निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारतका तीन नयाँदिल्ली, मुम्बई र बैङ्लोर तथा जापानको नारितामा, मलेसियाको क्वालालम्पुर, हङ्कङ, थाइल्याण्डको बैंकक, कतारको दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाउन निगम लागि परेको बताए । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको थियो । महामारीले उक्त योजना सार्थक हुन सकेको छैन ।

    निगमले आगामी छ वर्षभित्र अन्तर्राष्ट्रिय उडानमा थप १४ जहाज गरिद गर्ने योजना बनाएको छ । पाँचवर्षे कार्ययोजना बनाएर सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानमा छ वटा वाइडबडी र आठ वटा न्यारोबडी गरी १४ वटा जहाज खरिद गर्ने योजना बनाएको हो । पाँचवर्षे कार्ययोजना बन्दै गरेको निगमका निर्देशक खड्काले बताइन्।

    निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा सातामा दुई उडान गर्नेगरी अन्तिम तयारी गरेको छ । दुबई गन्तव्यमा उडान सङ्ख्या थपेको छ ।

    भारतका तीनवटै गन्तव्यमा उडान सञ्चालन गर्ने योजना बनाएको छ । महामारीका कारण हाल नयाँदिल्ली गन्तव्यमा मात्रै उडान भइरहेको छ । छिट्टै बैङ्लोर र मुम्बइमा पनि उडान गर्ने तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ 

    पौष ९, २०७८ शुक्रवार १९:२०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उडान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend