Logo

सोमवार, जेठ ९ गते २०७९

images

वीरगंजमा हिन्दू परिषद नेपालको दुई दिने राष्ट्रिय सम्मेलन

वीरगंजमा हिन्दू परिषद नेपालको दुई दिने राष्ट्रिय सम्मेलन

नेपालपाना पौष ९ २०७८
  • 4.8K
    SHARES
  • वीरगंजमा हिन्दू परिषद नेपालको दुई दिने राष्ट्रिय सम्मेलन

    काठमाडौं। वीरगंजमा हिन्दू परिषद नेपालले यही पौष ९ र १० गते गर्न लागेको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

    परिषदले बिहीबार सम्मेलन एवं प्रशिक्षण स्थल सोल्टी गार्डेन होटल एंड पार्टी पैलेसमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको थियो ।

    देशभरिका करीब एक हजार सदस्य सहित हिन्दूहरूको सहभागिता रहने लक्ष्य रहेको परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।

    दुई दिने सो कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरूले प्रशिक्षण दिनु हुने कार्यक्रम तय भएको पटेलले जानकारी दिए।

    कार्यक्रममा सहभागी हुनकालागि हिन्दू परिषदले सम्पूर्ण सनातनी, ओमकार, हिन्दू समाजलाई हिन्दू परिषदले खुल्ला आमन्त्रण समेत गरेको छ ।

    पत्रकार सम्मेलनमा परिषदका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, समाजसेवी जगरनाथ प्रसाद कुर्मी, केन्द्रिय सदस्य सचितानन्द दुबे, रमेश रौनियार, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल, केन्द्रिय सदस्य अजिता देवी पटेल, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी,चिरञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा, लगायतको सहभागिता रहेको थियो ।

    पौष ९, २०७८ शुक्रवार २०:४१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिन्दु
  • # सनातन धर्म

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend