Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एमसीसीबारे देउवाले भने- म याे देशकाे प्रधानमन्त्री हुँ, किन राष्ट्रघाती काम गरौँला ?

एमसीसीबारे देउवाले भने- म याे देशकाे प्रधानमन्त्री हुँ, किन राष्ट्रघाती काम गरौँला ?

नेपालपाना पौष ११ २०७८
  • 5.2K
    SHARES
  • एमसीसीबारे देउवाले भने- म याे देशकाे प्रधानमन्त्री हुँ, किन राष्ट्रघाती काम गरौँला ?

    काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेसनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले शान्ति प्रक्रियाका 

    प्रधानमन्त्री देउवाले भने, 'म अरू कुरा गर्न आको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती छ भन्दियो, राष्ट्रघाती भनेर पढ्या छ कि छैन, त्यो पनि थाहा छैन मलाई त, पहिले पढ्नु पर्यो एमसीसी काँ छ राष्ट्रघाती, मैले हेरे काहीँ राष्ट्रघाती देख्या छैन ।'

    आफू देशको प्रधानमन्त्री रहेको भन्दै उनले किन राष्ट्रघाती काम गरौँला भनेर प्रश्नसमेत गरे । उनले अघि भने, 'म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रको खिलाफमा जाउँला मैले रु  किन राष्ट्रघाती काम गरौँला मैले रु राष्ट्रघाती सन्धि किन गरौँला ?'

    प्रधानमन्त्री देउवाले सबै नेताहरूसँग छलफल र सहमतिपछि एमसीसी पास हुने विश्वास व्यक्त गरेका छन् । क्रममा संविधान सभाको चुनाव प्रचण्डको सर्त रहेको बताएका हुन् ।

     

    प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिएको समेत बताएका छन् ।

    पौष ११, २०७८ आइतवार २०:११:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend