Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

नेपाल फर्किए अब्दुल्लाह अल्मुताईरी

नेपाल फर्किए अब्दुल्लाह अल्मुताईरी

नेपालपाना पौष १३ २०७८
  • 2.9K
    SHARES
  • नेपाल फर्किए अब्दुल्लाह अल्मुताईरी

    काठमााडौं। २८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् ।

    साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि मंगलबार अपराह्न  पुनः नेपाल आएका हुन् ।

    एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन् ।

    हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन् ।

    उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय लगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे ।

    पौष १३, २०७८ मंगलवार २०:५८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana