Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

इमरानको पार्टीमा खैलाबैला

इमरानको पार्टीमा खैलाबैला

नेपाल पाना पौष १४ २०७८
  • 5.4K
    SHARES
  • इमरानको पार्टीमा खैलाबैला

    पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टी तहरीक-ए-इन्साफ (पीटीआई) को सांगठनिक ढांचालाई भंग गर्दा कार्यकर्ताहरूमा भारी रोष देखिँदैछ।

    पार्टी कार्यकर्ताहरूले संघीय मन्त्रीहरूलाई नयाँ पदाधिकारीमा नियुक्त गर्दा चिन्ता जाहेर गर्दै खैबर पख्तूनख्वा प्रान्तमा हाल भएको स्थानीय निकायहरूको चुनावमा पराजयको असली कारण यी संघीय मन्त्री नै हुन् भनेका छन्।

    पाकिस्तान सरकारको भनाई छ, इमरान खानले पार्टीलाई संगठित र फेरि सक्रिय गर्नको निम्ति नयाँ ढांचा लागू गरेका छन्। यस कदमले कार्यकर्ताहरू र मतदाताहरूको साथ जीवन्त सम्पर्क स्थापित गर्न सकिनेछ। पार्टीको मोडल पनि बद्लेको छ।

    वस्तुतः पाकिस्तानका प्रधानमन्त्री इमरान खान खैबर पख्तूनख्वा प्रान्तमा स्थानीय निकाय चुनावमा पराजय भएदेखि नै रिसाएका छन्। पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का सबै सगंठनहरूलाई भंग गरेपछि शनिबार उनले पार्टीको निम्ति नयाँ संगठनात्मक ढांचाको घोषणा गरेका थिए। इमरानले पार्टी महासचिवलाई बद्लिनुको साथै प्रान्तहरूको अध्यक्ष पनि बद्लेका छन्।

    योजना मन्त्री असद उमरलाई पार्टीको नयाँ महासचिव बनाइएको छ। खैबर पख्तूनख्वाका साथै सिन्ध, बलूचिस्तान, पञ्जाब र दक्षिण पञ्जाबका नयाँ अध्यक्षहरूको घोषणा पनि गरिएको छ।

    पौष १४, २०७८ बुधवार १०:४८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend