काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरियता तोकिएको छ ।
सभापति शेरबहादुर देउवाले १६८ सदस्यीय केन्द्रीय कमिटीमा निर्वाचित तथा स्वत: गरेर कायम १३४ जनाको वरियता तोकेका हुन् । मनोनित गर्न बाँकी ३३ जनाको भने पछि तोकिनेछ । जसमा कोषाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म रहनेछन् ।
हाल कायम गरिएको वरियतमा प्रधानमन्त्रीसमेत रहेका देउवा पहिलो नम्बरमा छन् । देउवा पहिलो नम्बरमा रहँदा केन्द्रीय सदस्यमा निर्वाचित उनकी पत्नी एवं प्रथम महिला आरजु राणा देउवा भने ८० नम्बरमा छिन् ।
गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाड १०८ नम्बरमा छिन् । गृहमन्त्री खाड भने २२ नम्बरमा छन् ।
त्यसैगरी नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खाणकी पत्नी शिला शर्मा खड्का ५४ नम्बर वरियतामा छिन् ।