Logo

बुधवार, जेठ ४ गते २०७९

images

पर्यटनमन्त्री आलेको आपत्तिजनक हर्कत, आलेको बोलीमा लगाम लगाउन माग !

पर्यटनमन्त्री आलेको आपत्तिजनक हर्कत, आलेको बोलीमा लगाम लगाउन माग !

नेपाल पाना पौष १६ २०७८
  • 13.7K
    SHARES
  • पर्यटनमन्त्री आलेको आपत्तिजनक हर्कत, आलेको बोलीमा लगाम लगाउन माग !

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी माथी तुच्छ अभिव्यक्ति दिएका छन्। पर्यटन बोर्डको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले गैरजिम्मेवारी ढंगले तुच्छ शब्दहरुको प्रयोग गरेका छन्।

    पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने समेत बताएका हुन् । सीईओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने– धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ? मन्त्री जस्तो सार्वजनिक पदमा बसेको व्यक्तिले आफू मातहतको कर्मचारीमाथि गरेको गैरजिम्मेवार टिप्पणीको आलोचना सुरु भएको छ ।

    "मन्त्रीले कर्मचारीप्रति असन्तुष्टि भए मन्त्रालयमा बोलाएर सोधपुछ गर्न सक्छन् तर सार्वजनिक मन्चमा चरित्र हत्या गर्ने गरि बोल्नु अराजकता हो," सरकारका एक पूर्व सचिवले भने, "मन्त्रीमाथि मानहानीको मुद्दा लाग्छ । उहाँलाई कर्मचारीको तेजोवोध गर्ने अधिकार छैन ।

    रेग्मी खुला प्रतिस्पर्धाबाट दुई वर्ष अघि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका थिए । ५ महिना अघि पर्यटनमन्त्री नियुक्त भएका आले सुरुदेखि नै रेग्मीलाई हटाउने योजनामा छन् । रेग्मीलाई सार्वजनिक रुपमा दुर्व्यवहार गर्नेदेखि  कारवाहीका नाममा अनावश्यक प्रपन्च गर्दै आएका छन् ।

    बोर्डको सीईओमा आफूअनुकुल मान्छे ल्याउन मन्त्री आले योजनावद्ध रूपमा लागेको मन्त्रालयकै एक अधिकारी बताउँछन् । आलेकै निर्देशनमा रेग्मीलाई निलम्बन गरिएकोमा शुक्रबार सर्वोच्च अदालतले तत्काल कारवाही नगर्न अन्तरीम आदेश दिएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाग्रही रुपमा सीईओ रेग्मीलाई निलम्बन गरेको थियो । पर्यटन बोर्डमा छोटो समयमै राम्रा कामको थालनी गरेका रेग्मीलाई हटाउन मन्त्री आलेले विभिन्न प्रपञ्च रच्दै आएका छन् ।

    पौष १६, २०७८ शुक्रवार १७:००:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend