उग्र राष्ट्रवाद कुनै पनि देशको लागि हानिकारक छ । नेपालको विकास र समृद्धिको दिशामा नजानुको एउटा कारण यहीँ उग्र राष्ट्रवाद हो । अहिले यसमा अगुवाका रुपमा देखिएका डा भीम रावल ।
पढाईंमा पीएचडी गरे पनि उनको सोंच/बौद्धिक कति सानो छ भने जे कुरामा पनि हलुका टिप्पणी गर्छन् । संकिर्ण सोंच प्रस्तुत गर्छन् । एमसीसीमा अमेरिकी सरकारले नै विशुद्ध अनुदान सहायता भनेर पटक पटक प्रष्ट पर्दा उनी भने सेना आउँछ भनेर कल्पना गरेर राष्ट्रघाती प्रमाणित गर्न कुतर्क गरेर बल लगाइरहेका छन् ।
हुँदा हुँदा चर्को राष्ट्रवादी बन्ने होडमा रावलले यतिसम्म संकिर्ण सोंच प्रदर्शन गरे कि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा भारत भ्रमणमा जाँदासमेत आपत्ति जनाउन थाले । राजनीतिक भेटवार्ता गर्दा विरोधका लागिमात्र विरोध गर्न थाले । निश्चय नै नेपाल र भारतबीच रोटी बेटीदेखि राजनीतिक सम्बन्ध छ ।
राजनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याएर दुबै देशको हितमा काम गर्नुपर्ने छ । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु ११ पुसमा मुटुको समस्याबाट पीडित भाइ भुषण राणाको उपचारका लागि नयाँदिल्ली गएकी हुन् । उनका भाइको उपचार दिल्लीस्थित फोर्टिज अस्पतालमा मुटुको शल्यक्रिया भएको छ ।
शल्यक्रिया सम्पन्न भएपछि भाजपा नेताको आमन्त्रणमा आरजुले शिष्टाचार भेट गरिन । त्यसो त भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आरजुका भाइ पनि हुन् । आरजुले राखी बाधेर चौथाइवालेलाई भाइ बनाएकी थिइन् ।

दुई देशबीचमा रोटी बेटी सम्बन्ध भएको अवस्थामा दिदी र भाइ भेट्न नपाउने भन्ने हुँदैन । शिष्टाचार राजनीतिक भेट सामान्य कुटनीतिक आचारण भित्र नै पर्दछ । त्यसमाथि दुई देशबीच छुट्टै राजनीतिक सम्बन्ध भएकाले यो भेटलाई सामान्य रुपमा नै लिन सकिन्छ ।
त्यसमाथि आरजु प्रधानमन्त्री पत्नी मात्रै होइनन्, उनी कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । अर्थात पार्टी नेतृ पनि हुन् । यो कुरालाई भीम रावलले स्वीकार गर्न सकेको देखिँदैन । महिला अगाडि बढेको देख्न नसक्ने निम्न सोंच भएका रावललाई आरजुले राजनीतिक भेट गर्दा स्वीकार्य भएन । अनि कुतर्क गरेर भए पनि आलोचनामा उत्रिए ।
रावलले आफूलाई पीएचडीधारी डाक्टर विद्धान भन्छन् । सर्टिफिकेट पनि छ । तर उनको विद्धतामा भने दरिद्रता छ भन्ने उनले लेखेका शब्दले देखाउँछ । कतिसम्म भने उनले नेपालको परराष्ट्र मामिलालाई श्रीमान् र श्रीमती मामिला भनेका छन् । जुन एकदमै आपत्तिजनक छ । यो सारा नेपालीकै बेइज्जत गर्ने खालको शब्द हो ।
एउटा शिष्टाचार दिदी भाइ तथा राजनीतिक भेटघाटलाई रावलले श्रीमान/श्रीमती मामिला भनेर सिंगो परराष्ट्र नीतिकै खिल्ली उडाएका छन् । विगतमा अमेरिकाका लागि जासुसी गरेको सार्वजनिक प्रमाणमा देखिएका रावलले अहिले राजनीतिक भेटवार्ताको पनि आलोचना गर्नु भनेको यो उग्र राष्ट्रवादको नमुनाबाहेक अरु केही होइन ।
राजनीतिक फण्डा गर्न अरु केही इस्यु हात नपरेपछि रावल एमसीसीपछि आरजु भेटवार्ताको विरोधमा उत्रिएका छन् । उनीजस्तो हाइट भएको नेताको यो सकिर्ण सोंच आफैंमा लाजमर्दो अवस्था हो ।