Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

गगन थापाले सार्वजनिक गरे कांग्रेसको रणनीति, गठबन्धनमा हलचल

गगन थापाले सार्वजनिक गरे कांग्रेसको रणनीति, गठबन्धनमा हलचल

नेपालपाना पौष २१ २०७८
  • 2.8K
    SHARES
  • गगन थापाले सार्वजनिक गरे कांग्रेसको रणनीति, गठबन्धनमा हलचल

    काठमाडौं । गठबन्धन सरकारलाई लिएर विभिन्न किसिमका टिका टिप्पणी भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको रणनीतिबारे जानकारी गराएका छन् । कतिपयले फुट्ने कुरा गरिरहेका बेला महामन्त्री थापाले चुनावसम्म गठबन्धन रहने बताएका छन् ।

    गठबन्धन चुनावसम्म रहे पनि कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने कांग्रेस महामन्त्री थापाले बताएका हुन् । बुधबार होटल बसेरामा नेता शेखर कोइराला पक्षको भेलामा बोल्दै महामन्त्री थापाले भने, ‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ तर चुनाव कांग्रेस एक्लै लड्छ, पार्टीले त्यो वातावरण बनाओस्।’

    महामन्त्री थापाले कांग्रेसभित्र टिममा अवसर दिँदा सही व्यक्ति सही ठाउँमा दिन आग्रह गरे।उनले आफ्नो समूहको शक्ति कांग्रेस केन्द्रीय समिति भन्दा बाहिर रहेको दाबी पनि गरे। 

    उनले भने, ‘हाम्रो मुख्य शक्ति समिति बाहिर छ। जिल्ला, पालिका र क्षेत्रमा हाम्रो समूहको शक्ति छ। ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न सक्दैन।’

    पौष २१, २०७८ बुधवार १७:११:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # गगनकुमार थापा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana