Logo

सोमवार, जेठ ९ गते २०७९

images

भारतमा देउवाको भव्य स्वागत हुँदै, २५ गतेको भ्रमण मन्त्रिपरिषद्ले गर्याे स्वीकृत

भारतमा देउवाको भव्य स्वागत हुँदै, २५ गतेको भ्रमण मन्त्रिपरिषद्ले गर्याे स्वीकृत

नेपालपाना पौष २१ २०७८
  • 3.1K
    SHARES
  • भारतमा देउवाको भव्य स्वागत हुँदै,  २५ गतेको भ्रमण मन्त्रिपरिषद्ले गर्याे स्वीकृत

    काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण  अनुमोदन गरेको छ ।

    सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको टोलीमा प्रधानमन्त्री देउवासहित २५ छन् ।

    चार दिने भ्रमणका लागि निस्कन लागेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय पनि गरेको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।

    पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने भनिएको छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको बताइएको छ ।

    प्रधानमन्त्री देउवा भारत भ्रमणकै समयमा यस विषयमा सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ

    पौष २१, २०७८ बुधवार १९:५८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # माेदी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend