Logo

सोमवार, जेठ ९ गते २०७९

images

चिनियाँ अधिकारीमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको जघन्य अपराध मुद्दा

चिनियाँ अधिकारीमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको जघन्य अपराध मुद्दा

नेपालपाना पौष २१ २०७८
  • 3.6K
    SHARES
  • चिनियाँ अधिकारीमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको जघन्य अपराध मुद्दा

    काठमााडौं । टर्कीमा रहेका चिनियाँ उइगुर मुस्लिम समुदायका १९ जनाले 
     चीनका अधिकारीहरुमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको अपराधको उजूरी दर्ता गरेका छन् ।

    अन्तर्राष्ट्रिय निकायले चिनियाँ अधिकारीहरुविरुद्ध कारबाहीको कदम नबढाएको भन्दै उजूरी गरिएको उल्लेख छ । सन् २०१६ यता सिन्ज्याङका मुस्लिम अल्पसंख्यक उइगुरमाथि धरपकड, जर्बजस्ती श्रम गर्न वाध्य पार्ने जस्ता कदमहरु चालिएको विषय उठ्दै आएको छ ।

    चीनले यातनाका शिविरहरुबारे खण्डन गरेको थियो । उसले सबै किसिमका यातनाहरुको आरोपलाई समेत निराधार भनेको थियो ।

    टर्कीमा ५० हजार चिनियाँ उइगुर बस्दै आएका छन् । उनीहरुले चीनमा रहेका आफ्ना समुदायमाथि ज्यादती भएको विषय उठाउँदै आएका छन् ।

    पौष २१, २०७८ बुधवार २०:५७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend