Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

एफडीईका कर्मचारीद्वारा जनवरी १० फेरि हडतालमा जाने चेतावनी

एफडीईका कर्मचारीद्वारा जनवरी १० फेरि हडतालमा जाने चेतावनी

नेपाल पाना पौष २२ २०७८
  • 4.3K
    SHARES
  • एफडीईका कर्मचारीद्वारा जनवरी १० फेरि हडतालमा जाने चेतावनी

    इस्लामावाद । संघीय शिक्षा निर्देशनालय (एफडीई) का शिक्षण र गैरशैक्षिक कर्मचारीहरूले इस्लामाबाद राजधानी क्षेत्र (आईसीटी) स्थानीय सरकार अध्यादेश, २०२१ को विवादास्पद दफाहरूको विरोधमा जनवरी १० देखि हडतालमा जाने चेतावनी दिएका छन्।

    बिहीबार इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा संघीय सरकार शिक्षा संयुक्त कार्य समिति (एफजीईजेएसी) का अध्यक्ष फजल–ए–मौलाले माघ ९ गते हिउँदे बिदा सकिएपछि एफडीई अन्तर्गतका शैक्षिक संस्थामा कक्षा नलाग्ने र माग पूरा नभएसम्मका लागि कुनै पनि कर्तव्य पूरा नगर्ने जनाइएको छ।

    उनले कक्षा बहिष्कारका क्रममा विद्यार्थीका लागि सवारी साधन नचल्ने बताए। ‘अध्यादेशको दफा १६६ फिर्ता नभएसम्म हाम्रो आन्दोलन र कक्षा बहिष्कार जारी रहनेछ,’ फजल–ए–मौलाले भने। फजल–ए–मौलाले आईसीटी स्थानीय सरकार अध्यादेशको दफा १६६ बमोजिमको गैर तार्किक निर्णय आफूलाई मान्य नहुने बताए।

    यसअघि स्थायी कमिटीले आश्वासन दिएपछि मंसिर ८ गते कक्षा बहिष्कार गरेको तर सरकारको रवैयाले निराश बनाएको उनले बताए। कुनै पनि संघीय मन्त्री वा तीन जना सांसदले एफडीई कर्मचारीको माग पूरा गर्न कार्य समितिलाई सम्पर्क नगरेकोमा उनले खेद व्यक्त गरेका छन्।

    एफडीईका अध्यक्षले संस्थाहरूलाई इस्लामाबादको म्युनिसिपल कर्पोरेशनअन्तर्गत राख्दा इस्लामावादका शैक्षिक संस्थाहरूमा काउन्सिलरहरूको स्तरमा राजनीतिक हस्तक्षेपको बाटो खुल्ने बताएका छन्। यसले निःशुल्क शिक्षा, पुस्तक र यातायातको व्यवस्था र शिक्षक तथा गैरशिक्षक कर्मचारीको बढुवामा समेत समस्या पर्ने उनले बताए। सरकारलाई १५ दिनको समयसीमा दिँदै महासंघका अध्यक्षले आफ्नो माग पूरा नभए थप आन्दोलन गर्ने बताए।

    उनले आईसीटी स्थानीय सरकार अध्यादेशको दफा १६६ भन्दा अन्य कुनै कुरामा एफडीई कर्मचारीहरू सहमत नहुने बताए। कार्यक्रममा एफजीईजेएसीका उपाध्यक्ष अजहर महमुद अवान, मलिक अमिर अवान, फरिदा यास्मिनलगायत कार्य समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

    पौष २२, २०७८ बिहिवार १४:१५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend