Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

मुलुक असफल हुन लाग्यो, सहमति खोज्नै पर्याे- रामचन्द्र पौडेल

मुलुक असफल हुन लाग्यो, सहमति खोज्नै पर्याे- रामचन्द्र पौडेल

नेपालपाना पौष २२ २०७८
  • 2.3K
    SHARES
  • मुलुक असफल हुन लाग्यो, सहमति खोज्नै पर्याे- रामचन्द्र पौडेल

    काठमाडौं। सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले मुलुक असफलतातिर धकेलिन लागेको संकेत गर्दै संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नु पर्ने बताएका छन् ।

    बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । 

    ‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन। सबै नेताहरुलाई मैले अनुरोध गर्‍या छ । सहमति र सम्झौताको बिन्दु खोजौँ', उनले भने, 'कुनै न कुनै सहमतिको बिन्दु खोजौँ। तर यो अदालतको अवरोध, संसदको अवरोध, एमसीसीको अवरोध हटाएर मुलुकलाई अब गति दिनुपर्याे।'

    उनले संयन्त्रमा आफूले १५र१६ बुँदे एउटा सुझाव पनि प्रस्तुत गरेको बताए। आफूले राखेको प्रस्तावमा शुक्रबार छलफल हुने पौडेलले बताए।

    पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार बालकोटमा भएको भेटबारे पनि चर्चा गरे। 'उहाँले अलिअलि दुखेसो, गुनासोहरु गर्नुभएको छु, पौडेलले ओलीबारे भने, ुतिनका बाबजुद समाधान त चाहियो। निकास त चाहियो नि जसरी पनि भन्ने मेरो हो।’

    पौष २२, २०७८ बिहिवार १९:१०:५८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana