काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ । जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको विभिन्न ठाउँमा सरुवा गरिएको हो ।
प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी वसन्त कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् । यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा भए ।
यस्तै महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखाका भीम प्रसाद ढकाल अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका छन् ।
यस्तो सूची हेर्नुस्:



