Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

प्रधानमन्त्री देउवा आइसोलेशनमा

प्रधानमन्त्री देउवा आइसोलेशनमा

नेपालपाना पौष २४ २०७८
  • 1.9K
    SHARES
  • प्रधानमन्त्री देउवा आइसोलेशनमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि आइसोलेशनमा बसेका छन् ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् ।

    दुई दिन अगाडि बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल, देउवालगायत उपस्थित थिए ।

    प्रधानमन्त्री देउवाको आइतबार आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले अत्यावश्यक बाहेकका भेटघाट एक सातालाई बन्द गरेका छन् ।

    आज विहान मात्रै पनि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

    पौष २४, २०७८ शनिवार २०:२०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana