Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख

सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख

नेपाल पाना पौष २५ २०७८
  • 1.6K
    SHARES
  • सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख

    काठमाडौं । नायिका आँचल शर्मा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् ।

    वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।  यो केही वर्षअघिको कुरा हो ।

    तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन।  केही समय अगाडी अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् ।

    आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ ।  अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे ।

    उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’

    पौष २५, २०७८ आइतवार १३:५८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँचल शर्मा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana