काठमाडौं। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने गरी सिफारिस गरेको छ ।
बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले गत कोरोना महामारीमा नै लागु भएको स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि फेरि लागु गर्न जिल्लाहरुलाई सिफारिस गर्ने निर्णय गरेको बताएकी हुन् ।
त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको उनले बताइन् ।