Logo

शनिवार, जेठ १४ गते २०७९

images

मूल्य वृद्धि विरुद्ध आन्दोलनहुँदा १६४ जनाको मृत्यु

मूल्य वृद्धि विरुद्ध आन्दोलनहुँदा १६४ जनाको मृत्यु

नेपालपाना पौष २५ २०७८
  • 2.1K
    SHARES
  • मूल्य वृद्धि विरुद्ध आन्दोलनहुँदा १६४ जनाको मृत्यु

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १६४ पुगेको छ ।

    स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु भएकाहरुको सङ्ख्या अझ बढी पनि हुनसक्ने छ ।

    झन्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा अहिले भइरहेको उथलपुथलका कारण झन्डै छ हजार मानिस विस्थापित भएका छन् ।

    आन्दोलनका क्रममा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको सबैभन्दा ठूलो सहर अल्माटीमै मृत्यु भएको हो ।

    मृतकको सङ्ख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रुपमा देखिएको छ ।

    राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि रहेका छन् ।

    “सामान्यतया देशभरीको अवस्था अहिले स्थीर नै रहेको छ, तर कतिपय ठाउँमा सुरक्षाकर्मीहरु बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरुले सुरक्षा कारबाही पनि चलाएका छन्,” वक्तव्यमा लेखिएको छ ।

    राष्ट्रपति कास्यम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालाहरुसँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो ।

    मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गर्नुभयो भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।

    आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् । आन्दोलनका क्रममा अरु सयौँ गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    पौष २५, २०७८ आइतवार २०:१०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend