Logo

सोमवार, जेठ ९ गते २०७९

images

साढे दुई लाखलाई कोरोनाविरुद्धको चौथो खोप लगायो इजरायलले

साढे दुई लाखलाई कोरोनाविरुद्धको चौथो खोप लगायो इजरायलले

नेपालपाना पौष २५ २०७८
  • 2.3K
    SHARES
  • साढे दुई लाखलाई कोरोनाविरुद्धको चौथो खोप लगायो इजरायलले

    काठमाडौं । कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टहरू देखिँदै थप तिव्रताका साथ फैलिन थालेपछि अतिरिक्त खोप लगाउने क्रममा इजरायलले दुई लाख ५० हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको चौथो खोप दिएको छ ।

    अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन् ।

    केही दिन अगाडि सुरु भएको चौथो खोप लगाउने अभियानअन्तर्गत सुरुमा अग्रपङ्क्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरूलाई लगाउने गरिएको छ ।

    चौथो खोप लगाउने अभियान अत्यन्त प्रभावकारी र तीव्ररूपमा भइरहेको प्रधानमन्त्री नाफ्ताली बेन्नेटले जानकारी दिनुभयो ।

    आइतबार मात्रै पाँच हजार जनालाई अतिरिक्त खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ । सोही अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भने १७ हजारभन्दा धेरै रहेको छ ।

    इजरायलमा गत सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।

    तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।

    पौष २५, २०७८ आइतवार २१:०७:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend