काठमााडौं। भारतीय रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार रक्षा मन्त्री सिंह आफैले सामाजिक सञ्जालमार्फत आफु संक्रमित भएको र सामान्य लक्षण देखिएको जानकारी दिएका हुन् ।
उनले हालै आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा रहन र कोभिड-१९को संक्रमण परीक्षण गर्न समेत आग्रह गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएसँगै संक्रमित हुनेको संख्या बढेको छ । हिजो मात्रै भारतमा १ लाख ७९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।