Logo

बुधवार, जेठ ४ गते २०७९

images

मन्त्री आलेले भने- बतास होस् या जो सुकै होस्, अब कारबाही हुन्छ, प्रधानमन्त्रीले पनि रोक्नु हुन्न

मन्त्री आलेले भने- बतास होस् या जो सुकै होस्, अब कारबाही हुन्छ, प्रधानमन्त्रीले पनि रोक्नु हुन्न

नेपालपाना पौष २६ २०७८
  • 2.7K
    SHARES
  • मन्त्री आलेले भने- बतास होस् या जो सुकै होस्, अब कारबाही हुन्छ, प्रधानमन्त्रीले पनि रोक्नु हुन्न

    काठमाडौं। नारायणहिटी दरबार संग्रहालय भित्रको जग्गामा भाडामा लगाउँने अनियमिततामा जो संलग्न भए पनि कारबाही हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन्। 

    गत बिहीबार सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वमा गठित छानबिन समितिले सोमबार मन्त्रालयमा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मन्त्री आलेले यस्तो भनेका हुन् ।

    छानबिन समितिले २१ पेज लामो प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियादेखि नै मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

    सो क्रममा बोल्दै मन्त्री आलेले भनेका छन्, 'सङ्ग्रहालयको जग्गामा भएको हिनामिनामा बतास होस् या अरु जो कोही भए पनि कारबाही हुन्छ, अनियमिततामा संलग्नलाई कारबाहीका लागि प्रधानमन्त्रीले पनि रोक्नु हुन्न। अब कारबाही अघि बढ्छ।'

    संग्रहालय परिसरमा १४ रोपनी जग्गा मिचेर बतास समूह अन्तर्गतको बी म्यानेजमेन्ट प्रालिले बनाएको संरचना मन्त्री आलेकै निर्देशनमा भत्काएर खाली भएको छ ।

    पौष २६, २०७८ सोमवार १७:३०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend