काठमाडौं। नेकपा एमाले कञ्चनपुरको चुनावमा गजबको तथ्य सार्वजनिक भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा केपी ओली मुर्दावाद भन्दै सडक विद्रोहमा उत्रिएका नेता नै कञ्चनपुरमा जिल्ला सचिवका उम्मेदवार बनेका छन् ।
जिल्ला सचिवमा उम्मेदवारी दर्ता गराएका बेदकोट नगरपालिकाका उम्मेदवार अशोकबहादुर चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर ओली विरुद्धको आन्दोलनमा सहभागिता जनाएका थिए ।
सचिवका उम्मेदवार चन्दले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित विरोध सभामा कञ्चनपुरबाट जनतालाई लगेर भेला गराएका थिए । उनले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा समेत ओली विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
ओलीविरुद्ध लागेका चन्दसँग ओलीका कट्टर समर्थक पल्लबराज भट्ट सचिव पदका उम्मेदवार बनेका छन् । भट्टले ओलीलाई संकट परेका बेला साथ दिएका थिए भने ओली विरुद्धको आन्दोलनलाई गलत भन्दै व्याख्या गर्दै आएका थिए ।
हेर्नुहोस् सचिवका उम्मेदवार अशोक चन्दले ओलीविरुद्ध चलाएको अभियान उनकै फेसबुक स्टेटसमा –



