Logo

सोमवार, जेठ ९ गते २०७९

images

चीनले डुबायो श्रीलंकालाई, सांसदले पठाए सी चिनफिङलाई सनसनीपूर्ण पत्र

चीनले डुबायो श्रीलंकालाई, सांसदले पठाए सी चिनफिङलाई सनसनीपूर्ण पत्र

नेपालपाना पौष २६ २०७८
  • 9.8K
    SHARES
  • चीनले डुबायो श्रीलंकालाई, सांसदले पठाए सी चिनफिङलाई सनसनीपूर्ण पत्र

    काठमाडौं । चीनले ऋणमा डुबाएपछि श्रीलंकाका एकजना सत्तारुढ दलका सांसदले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सनसनीपूर्ण पत्र लेखेका छन् । 

    यही जनवरी ३ तारिखको मितिमा श्रीलंकास्थित चिनियाँ दूतावास र श्रीलंकाली राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रालयलाई बोद्धाथ दिएर सत्तारुढ पार्टीका सांसद विजेयादासा राजापाक्षेले पत्र लेखेको द इकोनोमिक्स टाइम्सले जनाएको हो ।

    उनले पत्रमा कोरोना भाइरविरुद्धको भ्याक्सिनका लागि चीनले अतिरिक्त रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेकोसमेत उल्लेख गरेका छन् । चीनले पठाएको मल गुणस्तरहीन भएको भन्दै श्रीलकाले अस्वीकार गरेपछि मल बोकेको चिनियाँ पानी जहाँज लामोसमयदेखि श्रीलंका नजिक समुद्रमै छ । चीनले सो मल फिर्ता लिन मानेको छैन भने श्रीलंकाले पनि सो मल स्वीकार नगर्ने बताउँदै आएको छ ।

    श्रीलंकाको हमबानटोटा बन्दरगाह निर्माणमा चीनले ऋण दिएको थियो । उक्त ऋणमा श्रीलंका नराम्ररी फसेको टिप्पणीहरु भइरहेका छन् । सन् २००५ मा महिन्दा राजापाक्षे सरकारले चीनसँग ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा ऋण लिएको उल्लेख गरेका छन् ।

    उनले चीन कोलम्बो बन्दरगाह, दक्षिणी टर्मिनल, कोइलाबाट ऊर्जा निस्कने प्लान्ट, मटालास्थित अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट स्टेडियम जस्ता आयोजनामा चीन प्रवेश गरेको उल्लेख गरेका छन् ।

    पौष २६, २०७८ सोमवार २१:०७:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend