काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले मंगलबार नयाँ आदेश जारी गर्दै सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ।
हाल सार्वजनिक यातायातले सिट क्षमता बढी यात्रु ओसारपसार गर्दै आएका छन्। प्रशासन कार्यालयले सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने आदेश जारी गरेको छ।
चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने उल्लेख गरेको छ। यस्तै घरबाहिर निश्कदा मास्क अनिवार्यरुपमा लगाउन समेत जिल्लाले निर्देशन दिएको छ ।
यस्तो छ आदेश: