काठमाडौं। विश्व स्वास्थ्य संगठनले अबको दुई महिनामा युरोपको आधा जनसंख्या कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनसक्ने चेतावनी दिएको छ।
डब्ल्यूएचओका युरोप निर्देशक हन्स क्लुगले २०२२ को पहिलो सातामै सो क्षेत्रमा ७० लाखभन्दा बढी नयाँ संक्रमण फेला परेको जानकारी दिए। ओमिक्रोन पश्चिम युरोपको प्रमुख भेरियन्ट बन्दै गएको पनि उनले बताए।
‘यही दरमा जाने हो भने युरोपको आधा जनसंख्या आगामी ६ देखि ८ साताभित्र संक्रमित भइसक्ने देखिन्छ,’ उनले भने।
भाइरस संक्रमणको दर अभूतपूर्व भएको उनको भनाइ छ। क्लुगका अनुसार खोप लगाउने दर कम भएका क्षेत्रमा यसको असर घातक हुनसक्छ। नेपाल, भातर, अमेरिका एवं युरोपेली मुलुकसहित विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिरहेको छ ।