Logo

शनिवार, जेठ १४ गते २०७९

images

नाइल नदीमा ट्रक खस्याे : २ जनाको मृत्यु, ८ बेपत्ता

नाइल नदीमा ट्रक खस्याे : २ जनाको मृत्यु, ८ बेपत्ता

नेपालपाना पौष २७ २०७८
  • 4.4K
    SHARES
  • नाइल नदीमा ट्रक खस्याे : २ जनाको मृत्यु, ८ बेपत्ता

    काठमाडौं। इजिप्टको राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन् ।

    बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा  दुर्घटना सोमबार साँझ गिजा प्रान्तको मोनशात अल–कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो।

    दुर्घटना हुँदा ट्रक चालकले लाइसेन्स बिनाको डुङ्गामा गाडीलाई नदीको विपरीत किनारमा लैजान खोजेका थिए । उद्धारकर्मीहरूले १४ यात्रुहरूलाई बचाएका छन् भने अन्य हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘लाइसेन्स नभएको डुंगाका चालक र तीन जना कामदारलाई पक्राउ गरिएको छ र डुङ्गा मालिकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

    पौष २७, २०७८ मंगलवार २०:१७:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend