Logo

बुधवार, जेठ ४ गते २०७९

images

माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे

माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे

नेपाल पाना पौष २८ २०७८
  • 38.1K
    SHARES
  • माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जनयुद्ध अगाडि आफ्नै गतिमा चलिरहेको थियो कञ्चनपुरको मझगाउँ विमानस्थल । भारतीय धार्मिक पर्यटकसमेत मझगाउँ एयरपोर्टबाट जहाज चढेर पशुपति दर्शन गर्न काठमाडौं आउँथे ।

    तर जब जनयुद्ध सुरु भएसँगै माओवादीले एयरपोर्ट नै बन्द गराए । माओवादी शान्ति प्रक्रियामा आयो, पटक पटक सरकारमा गयो, तर विमानस्थल चलाएन । निरीक्षण, परीक्षण उडानका नाममा माओवादीका मन्त्रीले बजेट भने थुप्रै उडाए ।

    तर अहिले गफभन्दा काममा सक्रिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बजेटमात्र छुट्याएनन् मझगाउँ विमानस्थल सञ्चालनमै ल्याउन कस्सिएका छन् ।

    दुई दशकदेखि थन्किएको विमास्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले कञ्चनपुर पुगेर बुधबार शिलान्यास गरे । शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ ।

    मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन् । नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ ।

    विमानस्थलबाट पहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । सातामा एक पटक काठमाडौं पनि उडान हुन्थ्यो ।

    पौष २८, २०७८ बुधवार ११:३९:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend