Logo

बुधवार, जेठ ४ गते २०७९

images

माइतीघरमा चीनविरुद्ध भयङ्कर प्रदर्शन : यान्छी तनावमा, बेइजिङमा खैलाबैला !

माइतीघरमा चीनविरुद्ध भयङ्कर प्रदर्शन : यान्छी तनावमा, बेइजिङमा खैलाबैला !

नेपालपाना पौष २८ २०७८
  • 19.8K
    SHARES
  • माइतीघरमा चीनविरुद्ध भयङ्कर प्रदर्शन : यान्छी तनावमा, बेइजिङमा खैलाबैला !

    काठमाडौँ । बुधवार काठमाडौँको माइतीघरमा स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ । 

    रसुवा र तातोपानी नाकाको अघोषित नाकाबन्दी हटाउन, उत्तरी भेगका विभिन्न जिल्लामा नेपाली भूमि अतिक्रमण र चीनमा अध्ययनरत नेपाली विद्यार्थीको पढाइ सुचारुका लागि त्यहाँ जान दिन माग गर्दै चीनविरुद्ध प्रदर्शन भएको हो ।

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत नेपाली विद्यार्थीलाई चीन फर्किन दिने काम र नाकामा सहजताका लागि उल्लेख्य पहल नगरेका बेला राजधानीमा ठुलो प्रदर्शन भएको हो । चिनियाँ मौन हस्तक्षेपकारी भुमीकाविरुद्ध जनस्तरबाटै उग्र विरोध एवं प्रदर्शन हुन थालेपछि अहिले चिनियाँ राजदूत यान्छिसमेत दबाबमा परेकी छन् ।

    नेपाली विद्यार्थीलाई चीन फर्किन दिने र नाकामा सहजताका लागि देशभर भइरहेको प्रदर्शनले यान्छिदेखि बेइजिङसम्म असर पार्न सक्ने देखिएको छ । खास गरी चीनले कमला नदीमा आफ्ना योजना अघि बढाउन खोजिरहेका बेला बढिरहेको आन्दोलने बेइजिङसम्मै झड्का दिन सक्ने देखिएको हो ।

    हिजो मात्रै पनि जनकपुरमा राष्ट्रिय एकता अभियानले चीनविरुद्ध ठुलो प्रदर्शन गरेको थियो । आज, माइतीघरमा दर्जनौँ युवाहरूले चिनियाँ मौन हस्तक्षेपकारी भूमिका र रणनीतिको विरोध गर्दै ठुलो आन्दोलन गरेका हुन् ।

    पौष २८, २०७८ बुधवार १४:५५:०६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend