काठमाडौं। बेलायतका राष्ट्रपति बोरिस जोनसनले कोरोना भाइरसको महामारी सुरु भएपछि बेलायतमा भएको पहिलो कडा लकडाउनका बेला रक्सी पार्टीमा सहभागी भएको स्वीकार गरेका छन् ।
सन् २०२० को मेमा डाउनिंग स्ट्रिटको नम्बर १० गार्डेनमा एक रक्सी पार्टी आयोजना भएको र त्यसमा प्रधानमन्त्री जोनसन, उनकी पत्नीसहित ३० जना सहभागी रहेको खुलेको हो ।
यसअघि प्रधानमन्त्री जोनसनले यो कुरामाथि कुनै टिप्पणी गरेका थिएनन् । त्यतिबेला कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको थियो भने, बेलायतले सर्वसाधरणहरुलाई कडा लकडाउनमा राखेको थियो ।
सोही क्रममा आफ्नो रक्सी आफै ल्याउन र सामाजिक दुरी राखेर मौसममा रमाइलो गर्न भन्दै रक्सी पार्टीमा निमन्त्रणा गरिएको भनिएको जोनसनका व्यक्तिगत सेक्रेट्ररीको इमेल समेत लिक भएको थियो ।
बुधबार सवालका क्रममा प्रधानमन्त्री जोनसनले पार्टीमा सहभागी भएको स्वीकार गर्दै माफी मागेका छन् । लेबर पार्टीका नेता केयर स्टाररले प्रधानमन्त्रीलाई सडकबाट भागेको मान्छेको दयनीय तमाशा भन्दै राजीनामा दिन आग्रह गरेका छन्।