Logo

सोमवार, जेठ ९ गते २०७९

images

माओवादी सभामुखलाई गलत्याउने एमाले अस्त्र : सरिता गिरिदेखि बादलसम्म

माओवादी सभामुखलाई गलत्याउने एमाले अस्त्र : सरिता गिरिदेखि बादलसम्म

नेपाल पाना पौष २९ २०७८
  • 6.2K
    SHARES
  • माओवादी सभामुखलाई गलत्याउने एमाले अस्त्र : सरिता गिरिदेखि बादलसम्म

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अहिलेकै अवस्थामा आफूहरुले संसद् चल्न नदिने चेतावनी दिएका छन् ।

    उनले भने– ‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुक्नुभयो ।

    सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरुलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषय अहिले अदालतसम्म पुगेको छ, अदालतले गर्ने निर्णय मान्छौं । सभामुखले विलम्ब गरेर भएपनि कारबाहीको सुचना टाँस्नुपर्यो । यदि उहाँले यसो गर्नुभन भने मार्गप्रशस्त गर्नुपर्यो ।

    एमाले अहिलेको अवस्थामा संसद्को गतिरोध अन्त्य गर्ने अवस्थामा छैन् ।’ उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । उनले भने,‘यो गठबन्धन भत्काउने हाम्रो चाहना छैन् । स्थानीय तहको निर्वाचन सार्ने कुरा सुन्दैछु, शिघ्रादिशिघ्रा मिति तोकेर निर्वाचन घोषणा गर्नुपर्छ ।’

    उनले अहिले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल रहेको विश्वास दिलाए । उनले भने,‘अहिले एमालेको पक्षमा जनमत छ। माहोल राम्रो छ ।’

    पौष २९, २०७८ बिहिवार १८:१५:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख
  • # एमाले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend