Logo

सोमवार, जेठ ९ गते २०७९

images

मोदीले मुख्यमन्त्रीहरुसँग गरे छलफल

मोदीले मुख्यमन्त्रीहरुसँग गरे छलफल

नेपालपाना पौष २९ २०७८
  • 2.8K
    SHARES
  • मोदीले मुख्यमन्त्रीहरुसँग गरे छलफल

    काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सवै प्रदेशमा कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।

    मणिपुरका मुख्यमन्त्री जोरामथांगाले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका बीचमा भिडियो मार्फत छलफल भएको हो ।

    छलफलका क्रममा प्रधानमन्त्री मोदीले महामारी नियन्त्रणका लागि उपयुक्त कामहरु सवैले आ आफ्नो ठाउँबाट गर्नु पर्नेमा जोड दिएका थिए ।

    कोरोनाभाइरस र त्यसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन आइरसको महामारी तिव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफल भएको हो ।

    प्रधानमन्त्री मोदीले जिल्ला तहमा स्वास्थ्य संरचनाहरुको विकास, निर्माण तथा विस्तार पनि बढाउन आह्वान गरेका थिए ।

    पौष २९, २०७८ बिहिवार १९:३५:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध
  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend