काठमाडौं। कोरोना भाइरसको संक्रमण बढिरहेका बेला लकडाउन गर्ने बिषयमा भने सरकारका मन्त्रीले धारणा राखेका छन् ।
बिहीबार स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकार लडाउन गर्ने पक्षमा नरहेको बताएका हुन् ।
यसअघि अर्थमन्त्री जर्नादन शर्माले फेरि लकडाउन भए अर्थतन्त्र नै संकटमा पर्ने बताइसकेका छन् ।
यसबीच मन्त्री खतिवडाले पनि लकडाउनको हल्लाबाट आतंकति नहुन आग्रह गरेका हुन्। सरकारले स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा भने विशेष ध्यान दिने बताइएको छ ।
देशमा तिव्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहँदा सरकारका मन्त्रीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।