Logo

बुधवार, जेठ ४ गते २०७९

images

सुरु भयो स्मार्ट लकडाउन, दाङमा ७ बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने

सुरु भयो स्मार्ट लकडाउन, दाङमा ७ बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने

नेपालपाना पौष २९ २०७८
  • 3.0K
    SHARES
  • सुरु भयो स्मार्ट लकडाउन, दाङमा ७ बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने

    काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिले कडाइ सुरु गरेका छन् ।

    दाङमा बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेकाले जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।

    स्मार्ट लकडाउन अन्तर्गत जिल्लामा होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु साझ ७ बजे पछि खोल्न नपाइने निर्णय गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न र माघको अवसरमा कुनै पनि मेला महोत्सव सञ्चालन गर्न रोक लगाइएको उनले बताए ।

    त्यस्तै माघ १५ गतेसम्म विद्यालयमा भौतिक पठनपाठन सञ्चालन गर्न नपाइने भएको छ । 

    पौष २९, २०७८ बिहिवार २०:२०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend