Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

पूर्व सैनिकको हत्या गरेको भन्दै तालिबानविरुद्ध महिलाहरु आन्दोलित

पूर्व सैनिकको हत्या गरेको भन्दै तालिबानविरुद्ध महिलाहरु आन्दोलित

नेपाल पाना पौष ३० २०७८
  • 1.3K
    SHARES
  • पूर्व सैनिकको हत्या गरेको भन्दै तालिबानविरुद्ध महिलाहरु आन्दोलित

    काबुल । अफगानिस्तानको राजधानीमा महिलाहरुले जुलुस निकालेका छन्। तालिबान अधिकारीहरूले पूर्व अमेरिकी समर्थित शासनको सेवा गर्ने सैनिकहरूको गोप्यरुपमा हत्या गरेको भन्दै आतंकवादी तालिबानविरुद्ध महिलाहरुले जुलुनस निकाल्दै विरोध गरेका हुन्।

    काबुलको केन्द्रमा रहेको मस्जिद नजिकै जम्मा भएका करिब ३० जना महिलाहरूले न्याय, न्याय भन्ने नारा लगाउँदै जुलुस निकालेका थिए। पछि उनीहरुलाई तालिवान सेनाले रोकेको थियो। सामाजिक सञ्जालमा जुलुसमा सहभागी हुन सूचना दिइएको आधारमा ती महिलाहरु भेला भएका थिए।

    तालिबानले पत्रकारहरूलाई, युवा मानिसहरू, विशेष गरी देशका पूर्व सैनिकहरूको रहस्यमयरुपमा हत्या गरिरहेको र त्यसालाई रोक्नुपर्ने र हत्या गरिएका सैनिकका परिवारलाई न्याय दिनुपर्ने माग उनीहरुले गरेका थिए।

    तालिबान लडाकुहरूले पत्रकारहरूको समूहलाई छोटो समयका लागि हिरासतमा लिएको र केही फोटोग्राफरहरूबाट उपकरणहरू जफत गर्नुका साथै उनीहरूलाई फिर्ता गर्नु अघि उनीहरूको क्यामेराबाट फोटोहरु डिलिट गरिएकोसमेत बताइएको छ। कट्टरपन्थीहरू अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेका थिए।

    उनीहरूले इस्लामको कठोर ब्रान्ड विरुद्ध प्रदर्शनहरू रोक्न बारम्बार हस्तक्षेप गर्छन्। संयुक्त राष्ट्र संघ, एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले तालिबानले आफ्नो कब्जामा लिएपछि सयभन्दा बढी गैरन्यायिक हत्या गरेको बताएका छन्।

    पौष ३०, २०७८ शुक्रवार ०८:३४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तालिवान

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana