Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

एमाले सांसदको उल्टो बुद्धि : लुम्बिनीमा मस्जिद बनाउन माग, चौतर्फी आलोचना सुरु

एमाले सांसदको उल्टो बुद्धि : लुम्बिनीमा मस्जिद बनाउन माग, चौतर्फी आलोचना सुरु

नेपाल पाना पौष ३० २०७८
  • 3.0K
    SHARES
  • एमाले सांसदको उल्टो बुद्धि : लुम्बिनीमा मस्जिद बनाउन माग, चौतर्फी आलोचना सुरु

    काठमाडौं । नेकपा एमालेका एक जना नेताले बहुसंख्यक जनभावना र मान्यता विपरीत अभिव्यक्ति दिएका छन् ।

    एमालेबाट राष्ट्रियसभा सचेतक रहेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मस्जिद निर्माण गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।

    राम जानकी हनुमान मन्दिरको शिलन्यास कार्यक्रममा भट्टराईले लुम्बिनीमा बुद्ध र राम जानकी हनुमान मन्दिरसँगै मुस्लिम समुदायको लागि अत्याधुनिक मस्जिद पनि निर्माण गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

    हिन्दु धर्मावलम्बीको कार्यक्रममा आम हिन्दुको भावनालाई ठेस पुर्याउने गरी भट्टराईले मुस्लिम समुदायको मदरसा निर्माण हुनुपर्ने माग गरेपछि उनको आलोचना भइरहेको छ ।

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले गरेको मन्दिरको शिलन्यास कार्यक्रममा भट्टराईले लुम्बिनीमा मदरसा निर्माण हुनुपर्ने भनेपछि कार्यक्रममा सहभागीहरु आक्रोशित बनेका थिए ।

    उपस्थित संघीय संसद डा. सूर्य पाठक, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोविन्द सुवेदी, भारत उत्तरप्रदेशका धार्मिक व्यक्तित्वलगायत, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र नगरवासीहरुले भट्टराईको अभिव्यक्ति धार्मिक द्वन्द्व निम्त्याउने खेलका रुपमा बुझेका छन् ।

    सनातन धर्ममाथि प्रहार हुनेगरी यस्ता अभिव्यक्ति आउनु राजनीतिक षडयन्त्र भएको सहभागीहरुको भनाइ थियो । भट्टराईको अभिव्यक्तिप्रति हिन्दु परिषद नेपालले कडा आपत्ति जनाएको छ ।

    परिषदका अध्यक्ष सन्तोष पटेलले भगवान गौतम बुद्ध को जन्मस्थल लुम्बिनीमा मदरसा बनाउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताउदै नेपाल हिन्दु राष्ट्र घोषणा नभए भारत जस्तै बटवारा हुने चेतावनी दिए ।

    पटेलले आफू मुस्लिम धर्मको विरोधी नभएको बताउदै मस्जिद बनाउन लुम्बिनी उपयुक्त ठाउँ नभएको स्पष्ट पारे । सो अभिव्यक्ति नसच्याए भट्टराईसहित एमालेका नेतालाई सामाजिक बहिष्कार गर्ने परिषदको चेतावनी छ ।

    कसरी बन्दैछ हनुमान मन्दिर?

    एक विघा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को ६५ प्रतिशत रकम र नगरपालिका को ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।

    यसमा मुख्य रूपमा रामजानकी हनुमान मन्दिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ ।

    शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो ।

    यसका लागि भारतको अयोध्याबाट राम जन्मभूमिको पवित्र माटो र सिताराम नामक ईटासमेत ल्याइएको थियो ।

    पौष ३०, २०७८ शुक्रवार १७:५१:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुम्बिनी

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana