Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

कोरोना नियन्त्रणका लागि एक्शनमा उत्रिन देउवाले मन्त्रीहरुलाई दिए निर्देशन

कोरोना नियन्त्रणका लागि एक्शनमा उत्रिन देउवाले मन्त्रीहरुलाई दिए निर्देशन

नेपालपाना पौष ३० २०७८
  • 1.4K
    SHARES
  • कोरोना नियन्त्रणका लागि एक्शनमा उत्रिन देउवाले मन्त्रीहरुलाई दिए निर्देशन

    काठमाडौं। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नियन्त्रणका लागि कडा कदम चाल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

    दैनिक तीव्र संक्रमण बढेर कोरोनाको तेस्रो लहर नेपालमा पनि देखिन थालेका बेला प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

    सुरुमा पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणको लागि सरकार गम्भीर भइरहेको तर यतिले मात्रै नपुग्ने भन्दै सबै मन्त्रीहरुलाई एक्शनमा उत्रिन निर्देशन दिएका छन् ।

    यस्तै उनले घरघरमा गएर खोप लगाउनु पर्ने अवस्था आएमा पनि त्यो पनि गरौं भन्दै निर्देशन दिएका हुन् । बैठकमा स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएको थियो ।

    पौष ३०, २०७८ शुक्रवार २०:१५:१७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana