Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

गृहमन्त्री खाडले अष्ट्रेलियालाई भने, ‘नेपाली विद्यार्थीले दु:ख नपाउन’

गृहमन्त्री खाडले अष्ट्रेलियालाई भने, ‘नेपाली विद्यार्थीले दु:ख नपाउन’

नेपाल पाना माघ १ २०७८
  • 2.4K
    SHARES
  • गृहमन्त्री खाडले अष्ट्रेलियालाई भने, ‘नेपाली विद्यार्थीले दु:ख नपाउन’

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अष्ट्रेलियामा रहेका नेपालीको हकहीत तथा अधिकारका लागि पहल थालेका छन् ।

    शुक्रबार नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग मन्त्रालयमा भेट गर्दै मन्त्री खाणले अस्ट्रेलिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल गरेका हुन् ।

    त्यसक्रममा मन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । उनले नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

    ‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्ट्रेलियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाँणले भने, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाईका अलावा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने वातावरण मिलाउन पनि आग्रह छ ।’

    जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताएकी थिइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताएकी छन् ।

    माघ १, २०७८ शनिवार ०८:०७:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री बालकृष्ण खाँड

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana