Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

सहयोग लिएर भोलि अफगानिस्तान जादै नेपाली टोली 

सहयोग लिएर भोलि अफगानिस्तान जादै नेपाली टोली 

नेपालपाना माघ १ २०७८
  • 3.7K
    SHARES
  • सहयोग लिएर भोलि अफगानिस्तान जादै नेपाली टोली 

    काठमाडौं। नेपाल सरकारले अफगानिस्तानलाई सहायता सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोली) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए। 

    उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे। 

    मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दाबी समेत गरे। 

    उनका अनुसार भोलीनै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायसी सामानहरु रहेका छन।

    परराष्ट्रमन्त्री खड्काले भने, ‘यो एउटा नेपालको अन्तराष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो। हामीले अफगानिस्तानका लाखौंलाख जनताहरु जो, भोकमरी, त्यस्तै गरेर खाद्यन्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधिउपचारको संकटमा हुनुहुन्छ । उहाँहरुको चीतकार दिनैपिच्छे हामीहरुले अन्तराष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं । यस सन्दर्भमा हामी यो दक्षिण एशीयाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ फ्यामिलीको एउटा सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर हामीले एउटा मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं।'

    मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे। 

    उनले नेपालले विपद् आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए।

    माघ १, २०७८ शनिवार १८:०९:१३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend