Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

पाकिस्तान फस्यो आतंकवादको छानबिन घेरामा, अमेरिकामा गर्याे गद्दारी

पाकिस्तान फस्यो आतंकवादको छानबिन घेरामा, अमेरिकामा गर्याे गद्दारी

नेपालपाना माघ ३ २०७८
  • 3.5K
    SHARES
  • पाकिस्तान फस्यो आतंकवादको छानबिन घेरामा, अमेरिकामा गर्याे गद्दारी

    काठमाडौं । चरमपन्थी गतिविधि र अलकायदासँगको सम्बन्धलगायतमा दोषी देखिएपछि अमेरिकाको फेडरल मेडिकल सेन्टरमा थुनामा राखिएकी आफिया सिद्दीकीको रिहाइ माग गर्दै चार जनालाई बन्धक बनाएपछि पाकिस्तान फेरि आतंकवादी गतिविधिको छानबिनमा परेको छ ।

    आफिया सिद्दीकीको रिहाइको माग गर्दै चार जनालाई बन्धक बनाएका एक व्यक्ति शनिबार एफबीआईको टोलिको कारबाहीमा मारिएका थिए । आफुसँग बन्धुक र बम रहेको बताउने ती व्यक्तिले टेक्सास सभाघरमा चार जना यहुदिलाई बन्धक बनाएको थियो ।

    पाकिस्तानले समेत बोस्टनमा स्नातकोत्तर र पीएचडी गरेकी न्युरोसाइन्टिस्ट सिद्दीकीको रिहाइको माग गर्दै आएको छ । शनिबार ती व्यक्तिले सिद्दीकी आफ्नी बहिनीको रिहाइको माग गर्दै चारै जनालाई अपहरण गरेका थिए ।

    एफबीआई र ती बन्दककारीबीच झन्डै १२ घण्टा चलेको स्ट्यान्ड अफमा सिद्दीकीको परिवारले भने ती अपराधी आफ्नो भाइ नभएको र आफुले कुनै हिंसा गर्न नचोहेको सञ्चार माध्यमलाई बताएको थियो ।


    बन्धकमा परेका दुई जना छुट् सफल भएपछि हेडक्वाटर क्वान्टिकोबाट एफबीआईको टोली टेक्सस सभाघर पुगेको थियो । त्यसपछि एफबीआईको कारबाहीमा मारिएका ती व्यक्ति मलिक फैसल अकरम नाम गरेका बेलायती नागरिक रहेको आइतबार खुलेको थियो ।

    एफबीआईले घटनामा अरु कुनै संलग्न नदेखिएको जनाएको छ । राष्ट्रपति जो बाइडेनले यो घटना आतंकवादी गतिविधि भएको बताएका छन् । घटनाकाबारेमा अमेरिकी अधिकारीहरुसँग छलफल भइरहेको लन्डन प्रहरीले जनाएको छ ।  

    इङ्ल्यान्डको ब्ल्याकबर्न सहरका संदिग्ध व्यक्ति मानसिक रोगबाट पीडित भएको र परिवारले एफबीआई आदिसँग सम्पर्क राख्दै  ब्ल्याकबर्न प्रहरी चौकीमा रात नै बिताएको अकरमका भाइ गुलबरले फेसबुकमा पोस्ट गरेका छन्।

    पाकिस्तानले सिद्दीकीको रिहाइका लागि लामो समयदेखि रणनीतिक कदम चाल्दै आएको थियो । यसका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नै संसदीय मामिला सल्लाहकार बाबर अवानलाई सिद्दिकीको रिहाइ सुरक्षित गर्ने प्रयासको निरीक्षण गर्न खटाएका थिए ।

    माघ ३, २०७८ सोमवार १८:५७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend