काठमाडौं । उत्तरी छिमेकी चीनको ज्यादतीले सीमा नाघेको छ । चीनको अघोषित नाकाबन्दीका कारण मलखाद्य नपाउँदा नेपालका किसान आत्महत्याको अवस्थासम्म पुगेका छन् ।
हुम्लामा सीमा मिच्नेदेखि, नेपाली विद्यार्थीलाई दुख दिने, नेपाली राजनीतिमा नांगो हस्तक्षेप गरिरहेको चीनले ६ वर्षयता विभिन्न कारण देखाएर सीमा नाकामा अवरोध गरिरहेको छ । कहिले भूकम्प, कहिले कोभिड त कहिले कुनै बहाना बनाएर नाका नै खोल्न मानेको छैन ।
यद्यपि नाकाबाट भित्र्याउने भनेर नेपालसँग विभिन्न सम्झौता भने गरेर अड्काउने गरेको छ । यसैमध्येको एक उदाहरण हो, मलखाद्यको आयात । नेपालसँग मल आयात गर्ने भनेर सम्झौता गरेर पैसासमेत लिइसकेको अवस्थामा चीनले मल नै नदिने र आएको मल पनि सीमामा रोकेर नेपाली किसानलाई नियतवश दुख दिने काम गरिरहेको छ । चीनले नाकामै मल रोकिदिँदा नेपालमा चरम अभावकझ सिर्जना भएको छ ।
मल नपाएर खेती गर्न नपाएका किसान रोजिरोटी नहुने डरले आत्महत्या गर्न विवश छन् । नेपालले धेरैअघि नै चीनबाट १० हजार टन युरिया आयात गर्न सम्झौता गरेको थियो । नेपालबाट कृषि सामग्री कम्पनी लिमिटेडले आपूर्तिकर्ता सिल्क ट्रान्सपोर्टमार्फत चिनियाँ मल उत्पादनकर्ता क्वीनघाई यन्टीएनहुआँ इण्टरनेशनल फर्टिलाइजर कम्पनीसँग सम्झौता गरेकोमा लामो समय वितिसक्दा पनि चीनबाट असोजसम्ममा १४६५ टन मात्रै मल नेपाल भित्रिएको छ ।
अझै ८ हजार ५३५ टन मल आउन बाँकी छ । चिनियाँ अवरोधका कारण नेपाली किसानले समयमै मल पाउन सकेको छैन । सम्झौता गरेपछि, पैसा लिएपछि समयमै मल पठाउनु त कहाँ हो कहाँ चीनले उल्टै १५ अक्टोबरमा मल निर्यातमै कडाई गरेको छ । मल निर्यातमा कडाईं गरेपछि यसको असर नेपाली किसानमाझ परेको छ । यो चिनियाँ व्यवसायिक बेइमानी भएको आपूर्तिकर्ता कम्पनीको भनाई छ । चीनको यो निर्णयका कारण नेपालका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन् ।
मुख्य गरी गहुँ र व्यावसायिक तरकारी खेती गर्ने किसान स्थानीय सहकारीमा घन्टौँ लाइनमा बस्दासमेत रित्तो हात फर्किन बाध्य छन् । केही किसानहरु भने निराश हुँदै आत्महत्या गर्नुपर्ने अवस्था आउने बाध्यता सुनाउँछन् । त्यतिमात्रै होइन चीनले सिल्क ट्रान्सपोर्टले आयात गरेको मल पनि विभिन्न सीमा स्थानमा अड्काएर आउन दिएको छ । तातोपानी बन्दरगाहमै ३०० मेट्रिक टक मल अड्केको छ । यो मल निश्चित समयपछि खेर जाने व्यवसायीहरुको चिन्ता छ ।
चीनले दुख दिनेगरी एकतर्फी अड्काएपछि आयातकर्ता कम्पनी सिल्क ट्रान्सपोर्टले कुटनीतिक पहलका लागि कृषि मन्त्रालय गुहारेको छ । तर कृषि मन्त्रालयले आयतका लागि परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराउँदा पनि चीनले कुनै रेस्पोन्स गरेको छैन । एकतर्फी रुपमा मनलाग्दी गरेर हेपाहा प्रवृत्ति देखाएको छ ।
अर्कोतिर स्विस सिंगापुर कम्पनीमार्फत सरकारले ल्याउन खोजेको ३० हजार टन युरिया मल पनि चीनले आपूर्ति हुनबाट रोकेको छ । नेपालमा मलको निर्यात रोक्न चीनले मूल्य नै ह्वात्तै बढाएर नियतवश रोकेको छ । चीनलाई नेपालीले असल छिमेकीका रुपमा चिन्ने गरेपछि पछिल्लो समय व्यापारी चीनको रवैया सतहमा आउन थालेको छ ।
नेपालप्रति हेर्न दृष्टिकोण हेपाहा मिचाहा देखिन थालेको छ । जुन मलखाद्यमार्फत नेपाली किसानलाई दुख दिएबाट प्रष्ट हुन्छ ।