Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

अभिनेत्री सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

अभिनेत्री सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

नेपाल पाना माघ ४ २०७८
  • 4.0K
    SHARES
  • अभिनेत्री सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

    काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए ।

    यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन् । उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन् । प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना तीन ठूला फिल्ममा अफर गरेको छ ।

    उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना तीन फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो । अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन् । यद्यपि अभिनेत्री र प्रोडक्सन हाउसले यो विषयमा स्वतन्त्र पुष्टि गरेको छैन ।

    सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन-अफमा काम गर्दैछिन् । उनको हातमा ‘काथु वकुला रेंडु काधल’ (तमिल), ‘शाकुंतलम’ (तेलुगु), ‘यशोदा’ (तेलुगु), र ‘अरेन्जमेन्ट अफ लव’ (इन्टरनेसनल डेब्यू) जस्ता कैयौं प्रोजेक्ट छन् ।

    सामन्था पछिल्लोपटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यो गीतका लागि पाँच करोड पारिश्रमिक लिएकी थिइन् ।

    माघ ४, २०७८ मंगलवार १३:२४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभिनेत्री सामन्था

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend