Logo

बुधवार, जेठ ४ गते २०७९

images

पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र

पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र

नेपाल पाना माघ ५ २०७८
  • 6.5K
    SHARES
  • पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र

    काठमाडाैं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएकाे छ ।

    काठमाडाैं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् ।

    त्यसबाहेकका पूजापाठ हुने छैन । पशुपति क्षेत्र विकास काेषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएकाे छ ।

    माघ ५, २०७८ बुधवार ०८:३६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend