Logo

बुधवार, जेठ ४ गते २०७९

images

काठमाडौंमा मास्क नलगाइ हिडे खतरा, प्रहरीले देखे सय रुपैयाँ जरिवाना 

काठमाडौंमा मास्क नलगाइ हिडे खतरा, प्रहरीले देखे सय रुपैयाँ जरिवाना 

नेपालपाना माघ ५ २०७८
  • 2.5K
    SHARES
  • काठमाडौंमा मास्क नलगाइ हिडे खतरा, प्रहरीले देखे सय रुपैयाँ जरिवाना 

    काठमाडौं। काठमाडौं जिल्लामा मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्न थालेको छ।

    जिल्ला प्रशासनले सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएकालाई जनही एक सय रुपैयाँका दरले जरिवाना तिराउन लागेको हो ।

    प्रशासनले काठमाडौंको सुनधारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ। 

    अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणलाई पनि कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डबारे सचेत गराइएको बताए। 

    उनले सपिङ मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाउने गरी सचेत गराइएको बताए। स्वास्थ्य मापदण्ड पालना नगर्ने आम सर्वसाधारणलाई १०० रुपैयाँ जरिवाना गरिएको उनले बताए।

    माघ ५, २०७८ बुधवार १८:४५:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend