Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

सात दशकपछि नेपाल प्रहरीमा गृहमन्त्री खाडले गरे व्यापक परिवर्तन, जवानदेखि आईजीपीसम्म खुसी, बन्यो नयाँ इतिहास

सात दशकपछि नेपाल प्रहरीमा गृहमन्त्री खाडले गरे व्यापक परिवर्तन, जवानदेखि आईजीपीसम्म खुसी, बन्यो नयाँ इतिहास

नेपाल पाना माघ ६ २०७८
  • 59.4K
    SHARES
  • सात दशकपछि नेपाल प्रहरीमा गृहमन्त्री खाडले गरे व्यापक परिवर्तन, जवानदेखि आईजीपीसम्म खुसी, बन्यो नयाँ इतिहास

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीमा व्यापक परिवर्तन गरेका छन् । स्थापनाको सात दशकपछि खाडले तल्लो तहका प्रहरी कर्मचारीलाई न्याय हुनेगरी व्यापक परिवर्तन गरेका हुन् ।

    खाडले प्रहरी नियमावली मन्त्रिपरिषदमा लगेर संशोधन गराएका छन् । संशोधनसँगै नेपाल प्रहरीका इन्स्पेक्टरभन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मीको बढुवा खुलेको छ । एकै पदमा वर्षौदेखि निरिह भएर बसेका साना दर्जाको प्रहरीको मनोबल बढाउनेगरी खाडले काम थालेका हुन् ।

    यससँगै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु भएको छ । गृहमन्त्री खाणको बोल्ड निर्णयलाई प्रहरीभित्र ऐतिहाँसिक भनेर स्वागत गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी विष्णु केसीले तीन महिनाभित्र संशोधित नियमावलीअनुसारका पदमा बढुवा गरिसक्ने तयारी रहेको बताएका छन् । प्रहरीमा ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् ।

    १५ हजार ५ सय २७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् । हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई वरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । १४ हजार ९ सय ८९ जना हवल्दार छन् । उनीहरूमध्येबाट ३ हजार ७ सय ४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । १ हजार ३ सय २० जना प्रहरी नायव निरीक्षक (सई)बाट बरिष्ठ सईमा बढुवाका लागि प्रतिस्पर्धामा छन् ।

    प्रहरीमा ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरूमध्येबाट १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् । प्रहरीभित्र ठूला पदमा मात्रै अघिल्लो गृह मन्त्रीहरूले बढुवामा रुचि राख्ने गर्दथे । यस पटक गृहमन्त्री खाणले ठूला पदमा भन्दा पनि प्रहरीका साना पदमा रुचि देखाएका छन् ।

    साना पदका प्रहरी कर्मचारीहरूको मागको सुनुवाई कम हुँदै आएकोमा यस पटक गृहमन्त्री खाण आफैले साना पदमा रहका प्रहरीको माग धमाधम पूरा गरिदिएका छन् ।

    गृहमन्त्री खाणको यो प्रस्तावलाई प्रहरीहरूले रुचाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि साना पदका प्रहरीको बढुवामा रुचि देखाएका छन् ।

    माघ ६, २०७८ बिहिवार १३:३१:४९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend