Logo

बिहिवार, जेठ १२ गते २०७९

images

गुण्डागर्दीमा उत्रिइन् मन्त्री रेणु यादव, सीके राउतको हत्या गर्ने धम्की दिएपछि पदबाट हटाउन माग

गुण्डागर्दीमा उत्रिइन् मन्त्री रेणु यादव, सीके राउतको हत्या गर्ने धम्की दिएपछि पदबाट हटाउन माग

नेपाल पाना माघ ६ २०७८
  • 5.2K
    SHARES
  • गुण्डागर्दीमा उत्रिइन् मन्त्री रेणु यादव, सीके राउतको हत्या गर्ने धम्की दिएपछि पदबाट हटाउन माग

    जनकपुरधाम । भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादव गुण्डागर्दीमा उत्रिएकी छन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने भनेर हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।

    मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवल पदीय मर्यादाको ख्याल नगरेर अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएपछि उनको आलोचना सुरु भएको छ ।

    मन्त्री यादवकै पार्टी तत्कालीन मधेसी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए । सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फणा उठाएमा त्यही हालत हुने चेतावनी दिएकी छन् ।

    मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि उनको विरोध सुरु भएको छ ।

    मधेसी जनताले उनको राजीनामा माग गरेका छन् । काठमाडौंमा पनि पदीय मर्यादा कायम नराख्ने मन्त्रीको राजीनामा मागिएको छ ।

    माघ ६, २०७८ बिहिवार १३:३९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेणु यादव
  • # सिके राउत

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend